ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग...
मंसिर ९, २०८१ आइतबार
धादिङ - धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ । पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुई वटाको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ । सोनी देवीको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जना घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । पहिरोपछि राजमार्गमा बन्द भएको छ ।
गाडीको लाइन लागेको छ । गल्छी, घाटबेसी, बेनीघाट, जोगीमारा, तिकराङलगायतका ठाउँमा पहिरोले गएको छ । त्यस्तै आगरा खोला र महेश खोलामा आएको भेल बाढीले थाक्रे गाउँपालिका वडा नं २ र ११ जोड्ने सिम्लेमा निर्माणाधीन मोटरेबल पुल समेत बगाएको छ । ६ करोड ५४ लाखमा निर्माणाधीन पुल बाढीले बगाएको हो ।
आगरा खोलामा आएको बाढीले खोला किनारमा बसेका मजदुरको बिचल्ली भएको छ । १ सय ३४ परिवारको छाप्रा बगाएको छ । सबै मजदुरलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।