ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – खुलामञ्चमा सोमबारदेखि चार दिन गाडी पार्किङ गर्न नपाइने भएको छ । खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चार दिन त्यहाँ पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । खुलामञ्चमा पार्किङ गरेर छुट्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लाका गाडीलाई अब नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ ।
तर यात्रुले बसको टिकट लिन भने खुलामञ्च मा नै गएर लिनु पर्ने हुन्छ । खुलामञ्चमा टिकट लिएर बस चढ्न यात्रु नयाँ बसपार्कमा पुग्नु पर्नेछ । यसले गर्दा यात्रुलाई भने हैरानी हुने भएको छ ।
यस्तै खुलामञ्चबाट छुट्ने काठमाडौं उपत्यकाका गाडीलाई भने पार्किङ नगरी गाडी घुमाएर यात्रु चढाउने र झार्ने व्यवास्था मिलाइएको छ ।
यसअघि पुरानो बसपार्कमा सुविधासम्पन्न टावरको निर्माण गर्न भन्दै उपत्यका र अरनीको राजमार्ग भएर चल्ने गाडीको पार्किङ खुलामञ्च सारिएको थियो । तर खुलामञ्चमा पनि मर्मत हुने भए पछि पार्किङमा रोक लगाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।