ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – भदौ १४ गते शुक्रबारदेखि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको सबै तयारी पूरा भएको छ ।
नेपाल सरकारले सम्मेलनको अन्तिम तयारी गरिरहँदा विदेशी पाहुना नेपाल आउने क्रम सुरु भएको छ ।
सम्मेलनको लागि मंगलबार नै नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवको बैठक काठमाडौंमा चलिरहेको छ । मंगलबार नै ६ वटै देशका परराष्ट्रमन्त्रीहरु नेपाल आउँदैछन् । सम्मेलनको लागि ६ वटै देशका सरकार प्रमुख तथा अन्य पाहुना पनि नेपाल आउँदैछन् ।
सम्मेलनको लागि सबैभन्दा छिटो नेपाल आउने मुख्य पाहुना म्यानमारका राष्ट्रपति विन मिन्ट हुन् । उहाँ मंगलबार नेपाल आइसक्नुभएको छ । मिन्टलाई रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँ बुधबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ ।
बुधबार अर्थात १३ गते भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदै हुनुहुन्छ ।
यस्तै बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ । श्रीलंकाका परराष्ट्रमन्त्री भने मंगलबार नै काठमाडौैं आउने कार्यक्रम रहेको छ ।
बिमस्टेकको सम्मेलन हुने दिन ३ देशका सरकारप्रमुख नेपाल आउँदैछन् । १४ गते बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँनुहुनेछ ।
यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहीबार बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।