मानवीय सहायताको क्षेत्रमा यो वर्ष सबैभन्दा खराब : संयुक्त राष्ट्...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ ।
आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
यस्तै भोलि पनि गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान छ । यस्तै आज देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ । बिहान सूचना निकालेर बाढी पूर्वानुमान महाशाखाले देशका धेरै नदी तथा खोलामा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने जनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।