काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – छिमेकी देश चीनबाट आज बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा (डाेज) प्राप्त भएको छ ।
चीनसँग खरिद गरिएको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुमा रहेकाे स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखी देशभरि पठाइने उहाँले बताउनुभयो ।
सहप्रवक्ता अधिकारीले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार आठ सय ५० मात्रा खोप आइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।