इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ ।
नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ ।
भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ ।
यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चिया/कफी आयात भएको छ ।
नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात पनि बढ्दै गएको देखिएको छ । ९७ अर्ब ३७ करोड रुपैयाँका गाडी भित्रिएका छन् । ३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा आयात भएको छ । यस्तै ६४ करोड ५८ लाख रुपैयाँको घडी मात्रै आयात भएको छ । समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ ।
नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।