उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन सेवा फेरि सुरु

 साउन १२, २०७८ मंगलबार ११:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन सेवा फेरि सुरु भएको छ । 

दुई देशबीचको सञ्चारका लागि हटलाइन सेवा फेरि सुरु गरिएको हो । गएको वर्षको जुनमा उत्तर कोरियाले हटलाइन बन्द गरेको थियो । 

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताबीच सम्बन्ध सुधार गर्ने सहमति भएको छ । दुई देशका प्रमुखबीच गएको अप्रिलदेखि पत्र आदानप्रदान समेत हुने गरेको कार्यालयले दाबी गरेको छ ।

दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको एक सम्मेलनमा सहमति नजुटेपछि सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उत्तर कोरियाले हटलाइन बन्द गर्ने घोषणा गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया