महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन
माघ ११, २०८१ शुक्रबार
माेरङ – मोरङको सुन्दरहरैचा नगरपालिका १० त्रिवेणी चोकमा खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाका चन्द्रबहादुर राई, चिरञ्जीवी राई, भोजपुरका नगेन्द्र राई, सुनसरीका प्रमोद चौधरी, मोरङका मिशन राई र सन्तोष राइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । असार ३१ गते ६ जना मोटरसाइकलमा आएर लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसकेपछि जङ्गलतर्फ भागेका थिए ।
त्यसपछि उनीहरूले आफ्नाे साथमा लगेको हतियार नमुना सामुदायिक जङ्गलमा रूखको टोड्कोमा लुकाइ राखेको तथा साउन १ गते दिउँसो त्यही ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियारसहित प्रमोद चौधरी लगायत तीन जना प्रवेश गरेको र अन्य तीन जना त्याे पसलको वरिपरि निगरानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले नमुना सामुदायिक वनको रुखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा घटनामा प्रयोग भएकाे एक थान एसएमजी, एक थान म्याग्जिन, ६२ राउन्ड गाेली, एक थान अटोमेटिक पेस्तोल र त्यसकाे एक थान म्याग्जिन, दुई राउन्ड गोली, एक थान कटुवा पेस्तोल, थ्रीनट थ्री राइफलको चार राउन्ड गोली र दुई थान सञ्चार सेट प्रहरीले बरामद गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।