महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – दुई जना युवतीलाई भारतमा बेच्न लागेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ । १६ वर्ष र २० वर्षका किशोरीलाई भारतको बिहार पुर्याएर बेच्न खोजेको आरोपमा प्रहरीले झापाको बिर्तामोडकी लक्ष्मी दास र सुनसरीको इटहरीकी खुश्बु विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनीहरूले दुई जना युवतीलाई वीरगञ्जमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा पारी झुक्याएर भारत बिहारको छौँडादानो भन्ने ठाउँमा लगेर बेच्नका लागि अन्यत्रै पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
भारतमा ती युवती बेच्न लागेको खबर पाएपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहायतामा मुक्त गराएको हो । पक्राउ परेकाहरूमाथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप गरी मानव बेचबिखन कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै घटनामा संलग्न रहेर फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।