चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ ।
अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको सीएनएनलाई बताउनुभएको छ ।
मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताउनुभएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् ।
भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आएपछि सुनामीको चेतावनी जारी गर्दै नागरिकलाई अग्लो ठाउँका सार्वजनिक भवनमा राखिएको थियो । समुद्रमा एक फिटभन्दा अग्लो गरी छाल आउने क्रम रोकिएपछि सुनामीको चेतावनी भने हटाइएको छ । तर तटीय क्षेत्र र सामुद्रिक टापुका हजारौँ नागरिक सुनामीको डरले उच्च भागमा पुगेका छन् ।
अझै ठूला परकम्प आउन सक्ने भएकाले सतर्क भएर बस्न अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र र राष्ट्रिय सुनामी चेतावनी केन्द्रले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।