धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर – हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छ । बुधबार राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टीसीएनमा रहेको एसबीआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । तीनै स्थानमा भएको चोरीका बिषयमा छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले बताउनुभयो ।
बैँकबाट रकम समेत चोरी भएको आशंका गरिए पनि अहिलेसम्म कति चोरी भयो भन्ने खुल्न सकेको छैन । राति एक युवकले बैंकको सटरको ताला फुटाएको सीसीटीभी फुटेजबाट पत्ता लागेको छ ।
बैंकको सेफलगायत अन्यको अवस्थाबारे अहिले केही खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी नरेशकुमार सिंहले प्रहरी घटनास्थलमा पुगेको र अन्य विवरणहरु आइनसकेको बताउनुभएको छ ।
त्यस्तै, बुधबार राति नै हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फुटाइ रकम लुटिएको छ । मनी ट्रान्सफरमा ७० हजार नगद र रिचार्ज कार्डहरु समेत १ लाख २५ हजारभन्दा बढी रकम लुटिएको प्रहरीले जनाएको छ ।
हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनि ट्रान्सफरमा ताला फुटाई रकम लुट्ने र एसबिआई बैँकको सटरको ताला फुटाउने लुटेरा एउटै व्यक्ति भएको आशंका गरिएको छ । साथीको मनि ट्रान्सफरमा सीसीटीभीमा रेकर्ड भएको फुटेजका अनुसार लुटेराले बिहीबार बिहान २ बजेर ३८ मिनेटमा पसलमा प्रवेश गरेको र २ बजेर ४५ मिनेट जाँदा लुटेर फरार भएको देखिएको छ ।
हेटौँडाको वडा नंबर १ चाइनाक्वाटरमा रहेको वडा कार्यलयमा पनि तोडफोट तथा चोरी भएको छ । वडा कार्यालय तोडफोड गरेर फाइललगायत अन्य सामाग्री चोरिएको छ । कार्यालयको महत्वपूर्ण कागजातसमेत चोरी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।