उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ ।
म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका युरोपेली देशले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो । तर आणविक सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्न नसक्ने बताउनुभएको थियो ।
अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः तोड्दै गएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।