जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैरामा खेलमैदान निर्माणका क्रममा विवाद भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाख रुपैयाँमा सुरु गरिएको हलेसी तुवाचुङ फुटबल ग्राउण्ड निर्माणमा विवाद चुलिएको हो ।
मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो ।
तर, ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षति पुग्ने भन्दै सब–डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र अख्तियारमा उजुरी परेपछि खेलमैदान निर्माणको काम बीचैमा रोकिएको छ ।
१ करोड ७९ लाख ५८ हजार रुपैयाँको लागत अनुमान गरिएको खेलमैदानका लागि नगरपालिकाको ३० प्रतिशत रकम लागत साझेदारी हुने भनिएको छ । तर, विवादित भएपछि बजेट फ्रिज भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।