युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि लुका मोड्रीचलाई

 भदौ १५, २०७५ शुक्रबार ७:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

उनले याे उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पारे ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्‍याएका मोड्रीचकाे ठूलाे याेगदान थियाे । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारे माेड्रिचले याे अवार्ड पाउनका लागि ३ सय १३ मत पाएका थिए ।

उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै अवार्ड जिते । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाए । सर्वाेत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारकाे मत गनिएकाे थियाे ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया