चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै –शेयर बजार काराेबार मापक नेप्से आज साेमवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ७२ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर ६५ अङ्कले, विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।
आज कर्णाली विकास बैंक, खानीखाेला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले घटेको छ ।
आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ७४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।