युएईमा नेपाली व्यवसायीको संख्या बढ्यो

 भदौ १५, २०७५ शुक्रबार ११:३०:१६ | उज्यालो सहकर्मी

युएई – युएईमा नेपाली व्यवसायीको संख्या बढेको छ । अहिले युएईमा साना तथा ठूला व्यवसाय गर्नेको संख्या झण्डै एक हजार भएको नेपाली दूतावासलाई उद्धृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ । 

‘पछिल्लो समय साना तथा ठूला नेपाली व्यवसायीको संख्या बढिरहेको छ, त्यो खुसीको कुरा हो र अरुका लागि पनि प्रेरणाको कुरा हो,’ युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलको भनाइलाई उधृत गर्दै गल्फ न्युजले लेखेको छ, ‘धेरै जसो नेपालीले रेस्टुरेन्ट, नेपाली किचेन, लगायतका अरु व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।’ 

युएईमा नेपाली कामदारको संख्या पनि ८० प्रतिशतले वृद्धि भएको छ । नेपाली दूतावास युएईको पछिल्लो तथ्याङ्क अनुसार युएईमा झण्डै दुई लाख ५० हजार नेपाली युएईमा छन् ।

सन् २००८ मा यो संख्या एक लाख २५ हजार मात्रै थियो । एक लाख नेपाली दुवईमा, ५० हजार आबुधावीमा र बाँकी युएईका अरु राज्यहरुमा बस्ने गरेको दूतावासले जनाएको छ । धेरैजसो नेपाली निमार्णको क्षेत्र, होटल, कृषि र सुरक्षा गार्डको काममा रहेका छन् । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया