चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
लमजुङ – जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामी बढेका छन् ।
रुघाखोकी, ज्वरो, हाइपरटेन्सन लगायत पेटसम्बन्धी स्वास्थ्य समस्यासहित अस्पताल आउनेकाे सङ्ख्या बढेकाे अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो।
अहिले अस्पतालमा दैनिक दुई सय जनाकाे हाराहारीमा उपचारका लागि आउने गरेका छन् । तीमध्ये सबैभन्दा धेरै ज्वरोका बिरामी रहेका छन् । ज्वरोका बिरामी बढेसँगै अस्पतालमा भर्ना भएर बसेका ज्वरोका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो ।
‘अस्पतालमा दैनिक ७० जनाकाे हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा रहेको ‘फिभर क्लिनिक’बाट ज्वरो जाँच हुने र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको छ ।’
कोरोना र ज्वरोका लक्षण मिल्दाजुल्दा हुने भएकाले कोरोना सङ्क्रमणको जोखिमलाई न्यूनीकरणका लागि ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य समस्याबाट जोगिनका लागि उचित खानपान, सरसफाइ र व्यायाममा ध्यान दिन अस्पतालले सबैमा आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।