स्याङ्जा : पहिरोेले घर पुरिँदा एक जनाको ज्यान गयो, तीन घाइते

 भदौ १३, २०७८ आइतबार १९:५०:४३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा अविरल वर्षासँगै गएको पहिरोले स्याङ्जामा एक होटलसहित चार घर पुरेको छ । गल्याङ नगरपालिका १ राम्दीमा घर माथिबाट आइतवार दिउँसाे गएको पहिरोले घर तथा होटल पुरेको हो । 

पहिरोमा पुरिएर वालिङ नगरपालिका १४ घर भएकी धनमाया उम्राहको ज्यान गएको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पूजापाठका लागि राम्दी पुगेकी उम्राह चिया खानका लागि होटलमा पसेको प्रहरीको भनाइ छ । 

त्यस्तै होटलमा नै बसेका अन्य तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३४ वर्षीय नारायण तिवारी घाइते भएका हुन् । 

पहिरोले होटल, स्थानीयवासी दीपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षति पुर्याएको छ भने अर्काे एक घरमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ । 

सिद्धार्थ राजमार्ग माथिबाट पहिरो गएकाले बाटो बन्द भएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया