चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यो अफर यही आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।
योजनामा सप्ताहभर १०० रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक १०० रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २५० रुपैयाँको रिचार्ज गरेका छन् भने यो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।
योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनोट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबार साँझ ७ः०० बजे एपी वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।
‘‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आईरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,” एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्ले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajan Thapa
Sept. 3, 2018, 10:30 a.m.नयाँ ग्राहकको लागि पनि हो र यो योजना ?
Raju Subedi
Sept. 2, 2018, 1:22 p.m.dear ncell company , भर छैन, रिचार्ज गर्नेबित्तिकै धुतिहाल्छन्/