च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
गएको चैतमा नै सर्वोच्चले सरकारलाई विदेशमा रहेका नेपालीलाई चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्न भने पनि आज मात्रै मिशिल सार्वजनिक भएको हो ।
विदेशमा रहेका नेपालीलाई भोट हाल्नबाट वञ्चित गराउन नहुने भन्दै सर्वोच्चले तत्काल आवश्यक कार्यविधि बनाएर उनीहरुलाई भोट हाल्न पाउने अधिकारबाट बञ्चित नगर्न सरकारलाई आदेश दिएको हो ।
विदेशमा रहेका, नेपाली नागरिकताको प्रमाणपत्र र मतदान परिचयपत्र भएका तथा देशको नागरिकता लिइ नसकेका नेपाली नागरिकलाई भोट हाल्न पाउने व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ । अहिले झण्डै ४३ लाख नेपाली नागरिक वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
lokendra dhami
Sept. 2, 2018, 8:09 p.m.अब यहि काम मात्र बाकि होला नि सरकार को ।।।।।।।।।।।