च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयले आन्दोलनरत डाक्टरहरुसँग वार्ता सुरु गरेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।
काम छोडर हड्तालमा उत्रदा विरामी मर्कामा परेकाले छलफलमार्फत समस्याको समाधान गर्न वार्ता थालेको मन्त्रालयका सूचना अधिकारी डाक्टर दीपेन्द्र रमण सिंहले जानकारी दिनुभयो ।
नयाँ मुलुकी ऐन संशोधनको माग गर्दै आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेर डाक्टहरु आन्दोलनमा छन् । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको विरोधमा हिजोदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेर सप्ताहव्यापी आन्दोलन थालेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत डाक्टरहरुले साेमबार देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गरेका छन् । डाक्टरहरुले लाइसेन्स नै मेडिकल काउन्सिलमा बुझाएर आन्दोलन गर्दा टाढा टाढाबाट अस्पताल पुगेका बिरामीको विजोग भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।