‘किन हज्जाराैंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरु?’: सांसद खगराज अधिकारी

 भदौ १८, २०७५ सोमबार १२:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भईरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भईरहेको भन्दै सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

सरकारमाथि भइरहेका विभिन्न किसिमका घेराबन्दीले आफूलाई १७ सालदेखिको राजनितिक इतिहासको सम्झना आएको भन्दै उहाँले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको तर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयाे, ‘कानुन मिच्न किन उद्यत बनाइँदैछ? किन हज्जाराैंको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरु? किन स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औं तहका पदपूर्ति गर्न पहल गर्दैन? हड्तालका आयोजकहरुलाई स्वस्थ्य मन्त्रालयको तालाचावी दिइँदैछ?’

शून्य समयमा बोल्ने अन्य सांसदहरुले  आ–आफ्नो क्षेत्रको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।  

सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गरी अलपत्र अवस्थामा रहेको लुम्बिनीदेखि भैरहवा विमानस्थल हुँदै कृष्णनगरसम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र ७ गाउँपालिकामा अझै पनि बैकिङ सु्विधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानकै हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गर्नुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया