ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
जुम्ला - हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुँदा दुई दर्जन बढी भेडाका पाठासहित सामग्री सबै जलेर नष्ट भएका छन् ।
हिमा गाउँपालिका-२ को लेकमा रहेको खर्कमा दिउँसो आगलागी हुँदा खर्कमा राखिएका २५ पाठा मरेका किसान वीरबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० बढी राडी कम्बल, अन्य लगाउने र बिछ्याउने लत्ता कपडा र भाँडाकुँडा समेत जलेर नष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । किसानहरुले क्षतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्बा शाहीले जानकारी दिनुभएको छ ।
करिब ४ हजार मिटर उचाइमा रहेको खर्कनै जलेर नष्ट भएपछि ओत लाग्ने ठाउँ नहुँदा आगो बालेर राति कटाएकाे किसानहरुले बताएका छन् । चिसो बढी सकेको र धेरै सामूहिक खर्क जलेर नष्ट भएपछि दुःख भएको किसानहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।