ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका हुनुभयाे । यो उमेरसम्म उहाँले नागरिकता पाउनुभएकाे थिएन । जन्मैदेखि पूर्ण अपांग हुनुभएका उहाँ जिल्ला प्रशासन कार्यालयसम्म जान सक्नुहुन्नथ्याे । अहिले भने बाैवालालले आफ्नै घरमै नागरिकता पाउनुभएकाे छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । यादव घिस्रेर हिँड्नुहुन्छ । ७३ वर्षको उमेरसम्म पनि नागरिकता नपाउँदा उहाँ विभिन्न सरकारी सेवासुविधा पाउनबाट बञ्चित हुँदै आउनुभएकाे थियाे ।
हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए । ‘उनका दाजुभाइ र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउनै सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भन्नुभयाे, ‘हिँड्न नसकेकै कारण सीडीओ कार्यालयसम्म नपुग्दा नागरिकताबाट बञ्चित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको छ ।’
सप्तरीमा यसअघि पनि जन्मैदेखि अपाङ्ग रहेका एक युवकलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका ४ का प्रल्हाद मण्डललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले २७ साउनमा घरमै गएर नागरिकता दिनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।