भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
महाेत्तरी - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे ।
प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासकाे मत लिनुभएको हो ।
उहाँलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् । उहाँको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा एक सय जना सांसद सहभागी भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।