च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न पुनः आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले थुनामा राख्ने पर्याप्त कारण, आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै प्रवक्ता विश्वकर्मालाई रिहा गर्न आदेश दिएको हो ।
विश्वकर्मालाई पटक–पटक गैरकानुनी थुनामा राख्ने काम गरेर अदालतको आदेशको पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको पनि आदेशमा उल्लेख गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।
चन्दा असुलीको अभियोगमा गएको साउन २३ गते पक्राउ पर्नु भएका विश्वकर्मालाई सर्वोच्च अदालतले छाडने आदेश दिएको थियो । त्यसलगत्तै उहाँलाई सर्वोच्चको मूल गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि पनि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रेको जिल्ला अदालतमा उपस्थित गराउँदा पनि त्यहाँको अदालतले छोडन दिएको आदेश विपरित पक्राउ गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।