ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सप्तरी – सप्तरीको राजविराज नगरपालिकाले १९ लाख भन्दा धेरै रकमको सेनेटरी प्याड नियम विपरित खरिद गरेको पाइएको छ । नगरपालिकाले महालेखा परीक्षकको प्रतिवेदन २०७८ अनुसार कार्यविधि तथा योजना विपरीत नै १९ लाख ८६ हजार ८ सय ६१ रुपैयाँ ४९ पैसा बराबरको प्याड खरिद गरी यशोदा फर्मा लिंकलाई भुक्तानी गरेको पाइएको हो ।
किनिएका प्याड बितरण नभई अझै स्टोरमा खर्च नगरी बाँकी देखिएकाले प्याड खरिद प्रकरणमा १९ लाख रुपैयाँ भन्दा धेरै बेरुजु देखिएको छ । जुन प्रयोजनका लागि खरिद भएको थियो सो बमोजिम गरिएन, कार्यविधि तथा योजना बिना नै खरिद गरेको तथा हालसम्म बितरण नगरेकाले खरिद गर्नकै लागि मात्र प्याड खरिद गरेको देखिएको प्रतिवेदनमा भनिएको छ । किनिएका सेनेटरी प्याड लामो अवधिसम्म स्टोरमा राख्दा गुणस्तरमा ह्रास आउने तथा प्रयोग गर्ने मिति समेत समाप्त हुने सम्भावना भएकाले कार्यक्रमको आशयअनुरुप वितरण गरिसक्नुपर्नेमा सो नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्याड खरिद गरेर वितरण नगरिएकाले सम्बन्धित फर्माबाट खरिदमा लागेको रकम असुल उपर गर्नुपर्ने वा समयमा प्याड लक्षित ठाउँमा पुगिसक्नु पर्ने महालेखा परीक्षकको प्रतिविदनले जनाएको छ । यता राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले प्याड वितरण नभएको स्वीकार गरेका छन् । खरिद गरिएको प्याड वितरणको तयारी भएको जानकारी गराउँदै शिक्षा शाखा प्रमुख यादवले हाल स्टोरमा रहेको बताए । उनले स्टोरको साँचो कर्मचारीसँग रहेकाले प्याड देखाउन नसिएको प्रतिक्रिया दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।