भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ प्रतिशतमा सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिन सङ्क्रमण दर ५ देखि १० प्रतिशतको बीचमा रहेकोमा आज मङ्गलवार बढेको हो ।
यस्तै थप एक हजार चार जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८३ हजार तीन सय ९७ पुगेको छ । नेपालमा अहिले ११ हजार आठ सय ८५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा १२ सङ्क्रमितले ज्यान गुमाएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय पाँच पुगेको छ ।
अहिलेसम्म एक करोड ५० लाख मात्रा कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । यसमध्ये ८५ लाख ६२ हजार तीन सय ६५ जनाले पहिलो मात्रा र ६४ लाख ८५ हजार नौ सय २३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।