जी–२० शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति पुटिन रोम नजाने

 कात्तिक ३, २०७८ बुधबार ७:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वका प्रमुख प्रभावशाली देशहरुको शिखर सम्मेलन  जी –२० का लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रोम नजाने हुनुभएको छ ।

उहाँले सम्मेलनमा उपस्थित नहुने निर्णय गरेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले जानकारी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपति पुटिनको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । तर राष्ट्रपति पुटिनले भर्चुअल रुपमा सम्मेलनमा सहभागिता जनाउने समाचार संस्था एएनआईले जनाएको छ ।

बहुचर्चित जी–२० को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ । सम्मेलनमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया