ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।
एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ । चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो ।
लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धेरै जनसङ्ख्यासँगै ग्रामीण क्षेत्रसम्म खोप पुर्याउन चुनौती देखिएको थियो । तर, चुनौतीका बीच पनि लक्ष्य पूरा गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।
१ अर्ब डोजभन्दा बढी खोप लगाएको खुशीयाली मनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो उपलब्धिका लागि डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीलाई बधाई दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।