भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विवादास्पद कदमले न्यायालयको स्वतन्त्रता, गरिमा र विश्वसनीयता सङ्कटमा परेको भन्दै पूर्वन्यायाधीश समाजले निकास दिन आग्रह गरेको छ ।
समाजको छैटौँ साधारण सभाको सन्दर्भमा शुक्रवार ‘न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण’ पत्र सार्वजनिक गर्दै पूर्वन्यायाधीशहरुले न्यायपालिकाको स्वतन्त्रता र गरिमाको लागि निकास दिन प्रधानन्यायाधीश जबरालाई आग्रह गरेका हुन् । उनीहरुले न्यायपालिकाको पक्षमा उदारता देखाएर जबराले मार्गप्रशस्त नगरे संवैधानिक कर्तव्य पूरा गर्न प्रतिनिधि सभालाई आह्वान गरेका छन् ।
जबराको स्वार्थ जोडिएको भनिएका संवैधानिक निकायमा भएका नियुक्तिविरुद्धका निवेदनमा ११ महिनासम्म पनि सुनुवाइ नगरेर ‘सर्वोच्च अदालतको स्वच्छतामाथि गम्भीर प्रश्न खडा गरेको र विश्वसनीयता घटाएको’ पूर्वन्यायाधीशहरूको ठहर छ ।
अध्यादेशबाट भएका संवैधानिक नियुक्तिविरूद्धको रिटमा ११ महिनासम्म प्रथम सुनुवाइ नै नहुनुले सर्वोच्च अदालतको स्वच्छताउपर गम्भीर प्रश्न उठेको, प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको यो मुद्दामा आफैं न्यायकर्ता हुने गरी इजलासमा प्रधानन्यायाधीश सामेल हुने प्रयासले मूल्य मान्यतामा आघात पुगेको, संवैधानिक इजलास स्थगित गर्नु भनी एकल इजलासबाट न्यायिक सीमा उल्लङ्घन गर्दै आदेश जारी हुनु विसङ्गतिको पराकाष्ठा भएको, पत्नी हत्याको अभियोगमा जन्मकैद भोगिरहेका रञ्जन कोइरालाको १२ वर्ष कैद घटाउने प्रधानन्यायाधीशको फैसलाले अदालतको छवि धुमिल भएको भन्दै पूर्व न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभा विघटनविरूद्ध पहिलो मुद्दा फैसला गर्ने प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई तक्मा दिने सरकारको निर्णय र न्यायाधीशहरुले मर्यादा रक्षा गर्न अग्रसरता नदेखाएको भन्दै पूर्व न्यायाधीश समाजले दलहरुबीच भागबन्डामा प्रधानन्यायाधीश सामेल भएका समाचारले न्यायपालिकाप्रति जनआस्था नै खतरामा परेको ठहर गरेको छ ।
यस्तै नेपाल बार एसोसियशनले प्रधानन्यायाधीशका गतिविधिप्रति असन्तुष्टि जनाउँदै न्यायालयको सुधारको काम सुरु गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।