एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - इजलास नै बहिष्कार गरेर विरोधमा रहेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।
हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले आज भेटेरै राजीनामाका लागि आग्रह गर्ने तयारी गरेका हुन् । न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने तयारी छ ।
हिजो उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु पर्ने भन्दै इजलास बहिष्कार गरेका थिए । न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्र शम्शेर जबरामाथि थप दबाब परेको छ ।
हिजोका लागि १० वटा इजलास तोकिए पनि कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन । राजनीतिक मुद्दामा सौदाबाजी गर्ने, जघन्य अपराधको अभियोगमा जेल बसिरहेकालाई तजबिजका आधारमा घर पठाइदिने, न्यायिक सुनुवाइ जानाजान ढिलाइ गरिदिने शैलीमा अभ्यस्त प्रधानन्यायाधीशले अब न्यायिक नेतृत्व गर्न नसक्ने निष्कर्षमा सर्वोच्च अदालतका न्यायाधीशहरु पुगेका छन् ।
यसैबीच, नेपाल बार एसोसिएशनको सल्लाहकार परिषद्को बैठक आज बस्दैछ । बैठकमार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने तयारी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएशनले भने हिजो नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको थियो ।
प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्ग प्रशस्त गर्न आह्वान गरेको हो । त्यस्तै, न्यायपालिका शुद्धीकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।