एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरूसँग छलफल गर्दैछ ।
रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो । महाधिवेशन कार्यतालिकाअनुसार गएको भदौ १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भएका छन्।
तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये अहिलेसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सकिएको छ भने १३ वटा जिल्ला अधिवेशन भएको छ । दशैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए पनि रसुवामा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन । त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया सुरु भएको छैन ।
रसुवा र रौतहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन । बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार त्यही खाकाबारे आज पदाधिकारीसँग छलफल गर्न लागिएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार कांग्रेसको असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने थियो भने भोलिदेखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनु पर्ने थियो ।
तर, सभापति शेरबहादुर देउवाले नै समयमा महाधिवेशन गर्न चासो नदेखाएकाले ढिलाइ भइरहेको कांग्रेस नेताहरुको गुनासो छ । कांग्रेसको मंसिरमा महाधिवेशन गर्ने भनिए पनि अनिश्चित बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।