प्रतिनिधि सभाको बैठक बस्दै

 कात्तिक ११, २०७८ बिहीबार १२:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

गएको मङ्गलवार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले नटाँसेर पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया