भिसा भएका बाहेक नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास

 कात्तिक १२, २०७८ शुक्रबार १३:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । 

मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ ।

भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् ।

कोरोना महामारी रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेको छ । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा अहिले अन्य कुरामा भ्रममा नपर्न दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया