एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
कास्की – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताउनुभएको छ ।
पार्टी कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष नेपालले नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै पटक गर्न सके खर्च कम हुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला । यो सबै चुनाव एकैचोटि गरिदिनुपर्छ कि क्या हो लाग्छ । पालिका चुनाव, प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव पनि । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति पनि, चुनावकाे खर्च पनि धेरै जोगिन्थ्यो होला । यसमा कुनै कानुनी अड्चन छ कि छैन थाहा छैन । तर मेरो दिमागमा के आइराछ भने एक चोटि एउटा चुनाव, अर्को चोटि अर्काे चुनाव गर्दाखेरी धेरै खर्च हुँदोरहेछ । त्यसको कानुनी जटिलता केही छ कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुरा मलाई लागेको छ ।’
अध्यक्ष नेपालले आफ्नो समूह छाडेर एमालेमा बस्ने नेताहरूको हरिबिजोग हुने बताउनुभयो । एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै उहाँले त्यहाँ रहनेहरू निजी कम्पनीकाे सदस्यका रूपमा रहने जिकिर गर्नुभयो । एमालेमा केपी ओलीप्रति बफादार नहुनेहरूको हरिबिजोग हुने उहाँको तर्क छ ।
उहाँले एमाले छाड्नेहरूको भविष्य सुरक्षित रहने पनि बताउनुभयो । एमालेमा बस्नेहरूको भविष्य नभएको भन्दै नेता नेपालले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताउनुभयो । ओलीसँगै एमाले पनि सकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yhbaraj
Oct. 29, 2021, 5:17 p.m.एउटैलाई भोट हाल्न पाच मिनट लाग्छ भने सवै मिसाउदा त अलमल धेरै होलानी ।सवै प्रधानमंत्रील जतिकै विद्वान त नहोलान नी?