‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट पाँच जना कर्मचारी सम्मानित

 कात्तिक १३, २०७८ शनिबार ७:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट पाँच जना कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोकबहादुर लोप्चन हुनुहुन्छ । 

सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गरिएको हो । अकाउन्टीबिलिटी ल्याब नेपालले सार्वजनिक सेवामा रहेर काम गर्ने पाँच जना कर्मचारीको नाम गएको ५ गते सार्वजनिक गरेको थियो । 

यसवर्षका इन्टेग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट पाँच जनाको नाम छनाेट गरिएको ल्याब नेपालका कार्यक्रम संयोजक अस्मिता शर्माले बताउनुभयो । 

संयोजक शर्माका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आइकन प्रदान गरिएको हो । विगत आठ वर्षदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया