बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
कोरोनाको दोस्रो लहर कम हुँदै जाँदा पछिल्लो समय सुरक्षित आप्रवासन परियोजना सामीको सीपमूलक तालिम दिने काम सुरु भइसकेको छ । कोरोनाको बेला बीचमा रोकिएका तालिम दशैँको एक महिना अगाडिदेखि मात्रै सञ्चालन भए । जसमा स्काफोल्डिङ, प्लम्बिङ, इण्डस्ट्रियल इलेक्ट्रिशियन र गार्मेन्ट मेशिन अपरेटरको तालिम सञ्चालन भए ।
एक चरणको तालिम दशैँ अगाडि सकिसक्यो । यसपालि दशैँ लगत्तै तिहार भएकाले हामीले तिहारपछि लगत्तै तालिम सञ्चालन गर्छौँ । पहिले काठमाण्डौ र झापा दुई जिल्लामा चारवटा मात्र तालिम सञ्चालन भएका थिए भने अब तिहारपछि जिल्लाहरु पनि थपिनेछन् र तालिमका विधा पनि बढाउनेछौँ ।
तिहारपछि काठमाण्डौ उपत्यकाबाहेक झापा, धनुषा, कास्की, रुपन्देही, बाँके र दाङमा तालिम चलाउने योजना छ । मेसन, सटरिङकार्पेन्टिङ, स्काफोल्डिङ, इण्डस्ट्रियल इलेक्ट्रिशियन, पलम्बिङ, गार्मेन्ट मेशिन अपरेटर, किचन हेल्पर, हाउस किपिङ, पाइप फिटर, स्प्रे पेन्टिङ, स्टील फिक्सर, वेल्डर र फेब्रिकेटरको तालिम सञ्चालन गर्नेछौँ । सामीले प्रदान गर्ने तालिम भनेको एक महिने आवासीय तालिम हो । यहाँ विभिन्न जिल्लाहरुबाट आएर तालिम केन्द्रमा एक महिनासम्म बस्नुहुन्छ । अहिले पनि कोरोना संक्रमण केही घटेको हो तर जोखिम टरेको छैन ।
तालिम भनेपछि समूहमा जम्मा भएर सिकिने कुरा हो । त्यसैले यसको लागि सामीले विभिन्न स्वास्थ्य मापदण्डहरु पालना गरिरहेको छ । त्यही भएर हामीले सरकारको नियमअनुसार स्वास्थ्यका सबै मापदण्ड पालना गरिरहेका छौं । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजर लगाउने गरेका छौंँ । पहिला हरेक तालिम केन्द्रमा चालिस जनासम्म राखेर दुईवटा सिफ्ट तालिम हुन्थ्यो भने अहिले हामीले त्यसलाई आधामा झारेका छौँ । अहिले बीस जनालाई राखेर तालिम दिन्छौँ । यसले भौतिक दुरी कायम हुन्छ । यस्तै अरु सुरक्षाका साधन पनि प्रयोग गर्न सजिलो हुन्छ ।
हामीले तीन तीन महिनामा तालिम योजना बनाउँछौँ । विभिन्न माध्ययमहरु जस्तो फेसबुक, रेडियो, आप्रवासी स्रोत केन्द्रबाट हामीले सूचना प्रवाह गर्छौँ । हामीले यी तालिम वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुलाई प्रदान गर्छौँ । यसको लागि पासपोर्ट वा पासपोर्ट बनाउने प्रक्रियामा छ र पासपोर्ट बनाउँदाखेरि प्राप्त रसिदको आधारमा पनि हामी तालिम दिन्छौँ ।
तालिम लिनको लागि उमेरको हद १९ देखि ३५ वर्ष सम्म तोकिएको छ । शैक्षिक योग्यता भने तालिमअनुसार फरक फरक छ । जस्तो स्काफोल्डिङमा साधारण लेखपढ भए पुग्छ भने इलेक्ट्रिशियनको लागि दश कक्षासम्म पढेको हुनुपर्छ । यस्तै मेशनको लागि ५ कक्षा र वेल्डिङको लागि ८ कक्षा पढेको हुनुपर्ने हुन्छ । यस्तै हामीले स्वास्थ्यको मापदण्ड पनि तोकेका छौं । धेरैजसो नेपाली दाजुभाइ दिदीबहिनीहरुमा छातीमा दाग देखिने गरिन्छ । त्यसको लागि छातीको एक्सरे र रगत र पिसाब परीक्षण गरेको रिपोर्ट लिएर आउनुपर्छ । यस्तै कन्स्ट्रक्शनमा काम गर्नेहरुले भने ‘सेफ्टी सु’ आफैले किन्नुपर्ने हुन्छ, जसको मूल्य १२ सय रुपैयाँ जति पर्छ । आवासीय सीप तालिम खान र बस्नसहित पूर्ण रुपमा निःशुल्क हुन्छ । तालिमको बारेमा बुझ्नको लागि जिल्लाकै सीडीओ कार्यालयमा आप्रवासी स्रोत केन्द्रहरु छन् । कतै जिल्ला प्रशासन कार्यालयभित्रै छन् भने कतै कार्यालय नजिकै रहेका छन् । त्यहीँमार्फत् पनि जानकारी लिन सकिन्छ । यस्तै ९८४०२४८०३४ नम्बरमा फोन गरेर पनि तालिमको बारेमा जानकारी लिन सक्नुहुन्छ । आफ्नो रुचिअनुसारको तालिम पनि छ कि छैन भनेर सजिलै सम्पर्क गर्नसक्नुहुन्छ ।
निःशुल्क रुपमा सिक्न पाएँ भन्दैमा जुन पायो त्यो तालिम सिकेर काम हुँदैन । आफूलाई के कुरा सुहाउँछ त्यो सिक्ने हो । जस्तो कसैलाई अंग्रेजीमा कुरा गर्न आउँदैन, उसले वेटरको तालिम लिएर काम छैन । किनकी विदेशमा त ग्राहकहरु विभिन्न देशको हुन्छ, उनीहरुसँग अंग्रेजीमै कुरा गर्नुपर्ने हुन्छ । त्यस्तै शारीरिक बनोट कस्तो छ त्यो कुरामा पनि ध्यान दिनुपर्छ । जस्तो दुब्लो-पातलो छ गह्रुंगो भारी उठाउन गाह्रो हुन्छ भने त्यस्तोले निर्माणको काम सम्बन्धी तालिम लिँदा नमिल्न सक्छ । यस्तै सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विदेशबाट फर्केर के काम गर्ने भन्ने कुरालाई पनि ध्यान दिँदै तालिम लिनुपर्छ । सबै कुरालाई बुझेर मात्रै तालिम लिँदा राम्रो हुन्छ ।
खासमा वैदेशिक रोजगारीमा जानेहरु नै हाम्रो लक्षित वर्ग हुन् । कोही कोही विदेशबाट दुःख पाएर फर्किएर आउनुभएको हुन्छ । उता तालिम सिकेर गएकाहरुले राम्रो काम पाएको देख्दा आफूले पनि तालिम सिकेर आयो भने हुन्थ्यो भन्ने लागेर हाम्रोमा तालिम लिन आउनुहुन्छ । वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुलाई तालिम दिन एकदम सजिलो हुन्छ । उहाँहरुले त्यहाँ छँदा भोगेको भएर तालिमको महत्व बुझेको हुन्छ र मन लगाएर तालिम लिनुहुन्छ । सहभागी अरुहरुलाई पनि तालिमको महत्वको बारेमा सम्झाउनुहुन्छ ।
कसैलाई आफूले कुन तालिम सिक्ने भन्ने पनि थाहा हुँदैन, त्यस्ताहरुलाई पनि हामीले यो सिक्दा यस्तो फाइदा हुन्छ भन्ने कुरा सम्झाउँछौँ ।
हामीले राष्ट्रिय सीप परीक्षण बोर्ड एनएसटीबीबाट स्किल टेस्ट गरेर प्रमाणपत्र दिन्छौँ । यस्तै सामी परियोजना आफैले पनि जति तालिम दिन्छ त्यसको प्रमाणपत्र प्रदान गर्छ ।
हाम्रो पाठ्यक्रम नै वैदेशिक रोजगारीमा जानेहरुमा केन्द्रित छ । त्यसले गर्दा वैदेशिक रोजगारीमा कस्तो प्रकारको सीपको माग छ भन्ने लगायतका कुराहरु समेटेर विदेशी रोजगारदाता कम्पनीहरुसँग छलफल गरेर यो पाठ्यक्रम बनाइएको छ । त्यसैले कतिपय तालिममा राष्ट्रिय सीप परीक्षण बोर्डको मापदण्ड र हाम्रो मापदण्डमा केही फरक छ । त्यसैले जुन तालिममा एनएसटीबीसँग मापदण्ड मिलेको छ त्यसमा उहाँहरुको पनि स्किल टेस्ट हुन्छ, जुनमा मापदण्ड मिलेको छैन त्यसमा सामी आफैले स्किल टेस्ट गर्छ ।
कतिपयले स्थानीय तहमै गएर आवासीय तालिम किन हुँदैन भनेर भन्नुहुन्छ । यसको लागि सीटीईभीटी तथा वैदेशिक रोजगार बोर्डले नेपालको श्रम बजारलाई केन्द्रित गरि स्थानीय स्तरमै तालिम प्रदान गरिरहनुभएको छ । हामी विशेषगरि वैदेशिक रोजगारी केन्द्रित भएकाले आवासीय तालिम गर्नुपरेको हो । गाउँमै तालिम हुँदाखेरि अरु जिल्लाको साथीहरुसँग घुलमिल हुने मौका हुँदैन । आवासीय तालिममा विभिन्न जिल्लाबाट तालिम लिन आएका हुन्छन् । एकअर्काका अनुभव साँटिन्छन् । यसले सिकाइमा फाइदा पुर्याउँछ । पेसागत सुरक्षालाई एकदमै ध्यान दिइन्छ । जीवनोपयोगी सीपमा निकै ध्यान दिइन्छ । आवासीय तालिम लिँदा कार्यस्थलमा गरिने व्यवहार, विदेशमा रहँदा घरपरिवारसँग गरिने सम्वाद्, रेमिट्यान्सको प्रयोगबारे ज्ञान पनि पाउनुहुन्छ । यस्तै आवासीय तालिम लिँदा विदेश जानको लागि दिइने अन्तर्वाता गर्न पनि सिकाइन्छ । कुन म्यानपावरबाट जाने, कसरी नठगिने लगायतका कुराहरु सिकाइने भएकाले यहाँबाट तालिम लिँदा वैदेशिक यात्रा निकै सहज हुन्छ ।
वैदेशिक रोजगारीमा जानेहरुको लागि तालिम एकदमै आवश्यक हुन्छ । सामी परियोजना भनेको एक प्रोजेक्ट हो । यो केही समयको लागि मात्रै हो । लामो अवधिको लागि त सरकारले नै यसलाई आत्मसाथ गर्नुपर्छ । त्यसको लागि वैदेशिक रोजगार बोर्डबाट तालिम भइरहेको पनि छ । हामीले पनि उहाँहरुलाई सघाइरहेका छौँ । त्यसलाई अझै सर्वसुलभ तरिकाले अगाडि लैजानुपर्छ ।
सबै विधामा त सामीले तालिम दिँदैन । थप तालिम चाहिएमा हामीले अरु प्रोजेक्टहरु, स्थानीय सरकारसँग पनि ‘लिंक’ गर्छौँ । सामीले कुनकुन विषयमा आवासीय तालिम दिन्छ र त्योबाहेकका विषयमा तालिम लिन चाहेमा के गर्ने भन्ने कुरा आप्रवासी स्रोत केन्द्रमा गएर पनि बुझ्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बानियाँ सुरक्षित आप्रवासन परियोजना सामीमा सीप विकास संयोजक हुनुहुन्छ ।