एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताका विषयमा नेपालको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । हालै अन्त्य गरिएको संसद् अधिवेशनबाट पनि एमसीसी सम्झौता अनुमोदन नभए पछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।
यो सम्झौता आउँदो हिउँदे अधिवेशनमा संसदबाट अनुमोदन हुन्छ वा हुँदैन भन्नबारेमा पनि सरकारले विश्वस्त पार्न नसके पछि अमेरिकाले असन्तुष्टि जनाएको हो । अमेरिकाको वासिङ्टन डीसीमा रहेको एमसीसीको मुख्यालयले विज्ञप्ति निकालेर अब एमसीसी सम्झौतालाई अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय अब नेपालकै हातमा रहेको जनाएको छ ।
दुई करोड ३० लाखभन्दा धेरै नेपालीलाई भरपर्दो उर्जा र सुरक्षित सडकको पहुँचमा पुर्याउन सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन हुनु पर्नेमा एमसीसीले जोड दिएको छ । सम्झौता अनुमोदन नगरिदिँदा लाखौँ नेपाली परिवारलाई थप लाभ पुर्याउन ढिलाइ भएको पनि एमसीसीले जनाएको छ।
एमसीसी सम्झौताको विषयमा सत्तारुढ गठबन्धन दलहरुबीच एकमत हुन सकेको छैन । नेपालले एमसीसीसँग ५ वर्ष अघि २०७४ भदौ २९ गते वासिङ्टन डीसीमा सम्झौता गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार ३० गते प्रतिनिधि सभाको विधेयक शाखामा यो सम्झौता अनुमोदनका लागि दर्ता गराएको थियो । तर, त्यस बेलाको सत्तारुढ नेकपा भित्रको विवादका कारण अनुमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन ।
ओलीको बहिर्गमनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको तीन महिना कटिसक्दा समेत सम्झौता प्रतिनिधि सभामा टेबल हुन सकेको छैन । कांग्रेस यो सम्झौतालाई जतिसक्दो छिटो अनुमोदन गर्ने पक्षमा छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सम्झौतालाई परिमार्जनविना अनुमोदन गर्न नहुने बताइरहेका छन् ।
गएको भदौ महिनामा एमसीसीको उच्च तहको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । भ्रमणका क्रममा एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो । भेटवार्ताका क्रममा सकारात्मक छलफल भएको र एमसीसी पारित हुनेमा आफू आशावादी रहेको उहाँले बताउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।