एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औँ मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ५० मिनेटमा इज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो ।
खेलको ८० औँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए ।
जितसँगै वेस्ट ह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले १० खेलमा २० अङ्क जोडेको छ ।
यस्तै, गएराति नै भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्सले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।