उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी-२० मा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति भएको छ ।
जी-२० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो ।
नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यसैबीच, स्कटल्यान्डकाे ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।