परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार तीन सय ३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
पोहोर अक्टोबरमा जम्मा दुई हजार २५ जना पर्यटक आएकोमा यो वर्षको अक्टोबर महिनामा २३ हजार दुई सय ८४ विदेशी पर्यटक भित्रिएका छन् । अक्टोबरमा नेपालबाट १४ हजार दुई सय २२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार आठ सय ९८ विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार एक सय ४६, मार्चमा १४ हजार नौ सय ७७, अप्रिलमा २२ हजार चार सय ५०, मे मा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१ र अगस्टमा पाँच हजार नौ सय १७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।