कोप–२६ सम्मेलनमा कोइला विस्थापनबारे १९० देश र संस्थाद्वारा सहमति

 कात्तिक १८, २०७८ बिहीबार ११:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा कोइला विस्थापनबारे १९० देश र संस्थाले सहमति गरेका छन् ।

पोल्यान्ड, भियतनामलगायत कोइला प्रयोग गर्ने मुख्य देशसहित १९० देश तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएको बेलायत सरकारले जनाएको छ । तर प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर गरेका छैनन् ।

जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्त्व हो । सहमतिमा हस्ताक्षर गरेका देशहरुले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका बीबीसीले जनाएको छ ।

उनीहरूले सन् २०३० को दशकमा धनी देशमा र सन् २०४० को दशकमा गरिब मानिएका देशमा कोइला ऊर्जालाई विस्थापित गर्न सहमति जनाएका हुन् । चीन र अन्य प्रमुख प्रयोगकर्ता देशलाई सहमति गर्नबाट उन्मुक्ति दिएको भन्दै विज्ञले आलोचना गरेका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया