नेपाल कबड्डी लिगमा पोखरासँगको खेलमा धनगढी विजयी
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ ।
पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गर्नुभएको छ । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबिचको नियमित बैठकको प्रशंसा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।