प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्ने

 मंसिर १०, २०७८ शुक्रबार ९:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग  छलफल गर्दै हुनुहुन्छ।

नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।  प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दललाई गएको सोमवार बुझाएको धारणापत्र बारले प्रधानमन्त्रीलाई पनि बुझाउनेछ ।

प्रधानन्यायाधीश जबरालाई अवज्ञा गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् । यसैबीच, हिजो सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक पूर्णले गोला प्रक्रियाद्वारा इजलास निर्धारण गर्ने निर्णय गरेको छ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया