इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – शुक्रबार २ ओटा चलचित्र ‘रोज’ र ‘रामकहानी’ आमने प्रदर्शनमा आएका छन् । अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ’रोज’ र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ’रामकहानी’ प्रदर्शनमा आएका हुन् । यी दुवै चलचित्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
पूजा र प्रदीपले एक अर्कालाई प्रतिस्थनपनको भावनाले दुई चलचित्रको भिडन्त भएको धेरैको बुझाइ छ । हुन त प्रदीप र पूजा दुवैको राम्रो फ्यान फलोइंग भएको पाइन्छ । विशेषत प्रदीप चक्लेटी भएकै कारण युवतीहरु उनका धेरै फ्यान छन् । भने पूजाका पनि प्रदिपका भन्दा कम भने छैनन् । ‘रामकहानी’ र ‘रोज’को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने तराजुको रुपमा समेत लिइएको छ ।
मल्टिप्लेक्सलाई आधार मान्ने हो भने ‘रामकहानी’ भन्दा ’रोज’नै अगाडि रहेको बुझिएको छ । यता ‘सिंगल स्कृन’ भने दुवैले बराबरी पाएका छन् ।
’रामकहानी’ लभस्टोरी तथा कमेडी जनराको चलचित्र हो । यसमा पूजा शर्मा र आकाश श्रेष्ठले जोडीका रुपमा रोमान्स गरेका छन् । चलचित्रमा हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको समेत अभिनय हेर्न सकिन्छ । यता नीरक पौडेल निर्देशित चलचित्र ’रोज’ भने लभस्टोरी सँगै क्राइम थ्रीलर चलचित्र हो । ’रोज’ मा प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगरलगायतका कलाकार हरुले अभिनय गरेका छन् ।
एकसाथ बक्स अफिसमा भिडन्त सुरु गरेका दुवै चलचित्र यस वर्षका प्रतिक्षीत चलचित्र हुन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।