सप्तरी : छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षकाे दाँत भाँचियाे

 मंसिर २१, २०७८ मंगलबार २०:४०:२६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।

आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयाे । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । त्यही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मुक्कामुक्की नै हुन थाल्यो’, उहाँले भन्नुभयाे, ‘पछि थाहा पाउँदा अध्यक्षज्यूको दुई वटा दाँत नै भाँचिएछ ।’

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द गरेपछि आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताउनुभयाे । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र त्यही क्रममा मैले कुर्सी पनि उठाएँ’ उहाँले भन्नुभयाे, ‘तर मलाई थाहा थएन उहाँको दाँत भाँचियो भनेर ।’ आफू अध्यक्षभन्दा धेरै टाढा बसेको आफू नजिक आएर गालीगलाैज गर्दै हातपात गर्न थालेपछि आफूले प्रतिकार गरेकाे उपाध्यक्ष मण्डलकाे भनाइ छ । 

यस घटनाबारे अध्यक्षसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क भएन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएकाे बताउनुभयाे । ‘घटनापछि उहाँहरू आ–आफ्नो घरतिर लागेकाे भन्ने कुरा जानकारी आयो । यद्यपि उहाँहरूबाट प्रहरीमा कुनै जानकारी आएकाे छैन ।’ 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • [email protected]

    Dec. 8, 2021, 10:59 a.m.

    अति सुन्दर कार्य

  •  0 Reply

तपाईको प्रतिक्रिया