ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
पाँचथर – पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले आइतबार कैद सजाय तोकेको छ ।
अदालतले १५ वर्षीय बालिका बलात्कार गर्ने फिदिम नगरपालिका–१०, याङनामका श्यामप्रसाद हाङसरुम्बालाई तीन वर्षको कैद सजायको फैसला गरेको हो । बालिकालाई हाङसरुम्बाले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा ०७४ जेठ २३ गते हाङसरुम्बा पक्राउ परेका थिए । उनलाई न्यायधीश मनोज केसीको इजलासले कैद सजाय फैसला सुनाएको हो ।
त्यस्तै ५४ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने हिलिहाङ गाउँपालिका–६ का पदमप्रसाद लावतीलाई पनि अदालतले जेल सजाय तोकेको छ । लावतीलाई न्यायधीश मनोज केसीको इजलासले पाँच वर्षको कैद सजाय र ५० हजार क्षतिपुर्ति भराउने फैसला गरेको हो । उनले गएको भदौ २१ गते ५४ वर्षीय महिलालाई करणी गरेको भनी पीडितका अाफन्तले प्रहरीमा उजुरी दिएका थिए । करणीपछि फरार रहेका लावतीलाई गएको पुष ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।