‘दिलबर’ गीतमा सुष्मिता सेनको बेली डान्स भिडियाे, नाेरा फतेहीलार्इ कडा चुनाैती

 भदौ २३, २०७५ शनिबार १९:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री सुष्मिता सेनको सुपरहिट गीत ‘दिलबर’ एकपटक फेरि चर्चामा आएको छ । यो गीतको यस पटकको चर्चा मौलिक दिलबर गर्ल सुष्मिता सेनका कारण भएको छ । सुष्मिताले हालै उनको इन्स्टाग्राममा यो सुपरहिट गीतमा बेली डान्स गरेको भिडियो पोष्ट गरेकी छिन् ।

यस डान्सका माध्यमबाट अभिनेत्री सुष्मिता सेनले रिक्रियट गरिएको दिलबर गितकी डान्सर नोरा फतेहीलाई कडा टक्कर दिइरहेकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sushmita Sen (@sushmitasen47) on

‘दिलबर’ गीतको रिमेकमा नोरा फतेहीको बेली डान्स दर्शकले निकै मन पराएका थिए । साथै यो गीत यस वर्षको धेरै हिट गीत मध्येको एक बनेको थियो । नोरा फतेहीको डान्सको पनि निकै प्रशंशा भएको थियो । 

अभिनेत्री सुष्मिताले पनि नोराको प्रशंसा गरेकी थिइन् । तर अहिले सुस्मिता आफैंले आफ्ना गीतमा बेली डान्स गरेर भिडियो पोष्ट गरेर नोरालाई चुनौती दिएकी छिन् । 

सुष्मिता सेनको फिल्म ‘सिर्फ तुम’ को यस  गीतलाई हालै निर्देशक मिलाप झावेरीले जोन अब्राहमको फिल्म ‘सत्य मेव जयते’ मा रिक्रियट गरेका थिए ।

यस गीतमा नोरा फतेहीले सुष्मिता सेनको पुरानो म्याजिकलाई पुनः दर्शकसामु पस्किएकी थिइन् । यो गीत यस वर्षको उत्कृष्ट रिक्रियट वर्जन बनेको छ । 
सुष्मिता सेनले यस गितको भिडियो शेयर गर्दै लेखेकी छिन ‘दिलबर सधंै विषेश रह्यो, निकै ध्यान दिएर भिडियो शुट गर्ने साथी श्रीयाजलाई ध्यान दिन नभुल्नुहोला । फाराह खान तिमीलाई सम्झीरहेकी छु ।’ 

पुरानो दिलबर गीतमा फाराह खानले कोरियोग्राफ गरेकी थिइन् ।  सुष्मिताले यस गीतको भिडियोबाट ‘दिलबर’ गीतकी मौलिक दिलबर गर्ल आफू नै रहेको कुरा सावित गरिदिएकी छिन् ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया