भारतलाई थप राफेल विमान दिन फ्रान्स तयार : फ्रान्सेली रक्षामन्त्री

 पुष २, २०७८ शुक्रबार १३:२८:२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउन फ्रान्स तयार रहेको बताउनुभएको छ ।

विकासोन्मुख देशका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका पूर्वराजदूत डा. मोहन कुमारसँगको आज शुक्रवारकाे कुराकानीमा रक्षामन्त्री पार्लीले यस्तो टिप्पणी गर्नुभएको हो । 

‘हामी भारतले गर्न सक्ने कुनै पनि अतिरिक्त आवश्यकता वा अनुरोधहरूको जवाफ दिन तयार छौँ । हामीलाई थाहा छ कि विमान वाहक छिट्टै डेलिभरी हुनेछ । विमान चाहिन्छ । त्यसैले हामी भारतको निर्णय हो भने अन्य कुनै पनि राफेल उपलब्ध गराउन तयार छौँ’, उहाँले थप्नुभयो ।

फ्रान्सले भारतलाई ३० राफेल विमान उपलब्ध गराएको बेला यस्तो प्रतिक्रिया आएको हो । अर्को वर्ष अप्रिलमा थप ६ वटा विमान उपलब्ध गराउने तयारी छ ।

आफ्नो भारत भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री पार्लीले फ्रान्सले अन्य कुनै पनि देशले भन्दा बढी भारतीय सामग्रीको आवश्यकता बुझेको बताउनुभयाे । ‘र हामी मेक इन इन्डियाको पहलका साथसाथै हाम्रो विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा भारतीय उत्पादकहरूलाई थप एकीकरण गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ’, उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया